पोखरा । गण्डकी प्रदेशमा यही शुक्रबार सार्वजनिक बिदा हुने भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बुधबार सूचना निकालेर शुक्रबार बिदा दिइएको उल्लेख गरेको छ।
कार्यालयका उपसचिव प्रवीण ढकालले निकालेको सूचनामा फागुन ४ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिइएको उल्लेख छ।
गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो।