मधेशका मुख्यमन्त्रीले पाए विश्वासको मत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मधेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

    खबरपुञ्ज संवाददाता

    ६ फाल्गुन २०८०, आईतवार

    जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक विश्वासको मत पाएका छन् । जनमत पार्टी सरकारबाट बाहिरिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिएका हुन् ।

    आइतबार प्रदेशसभा बैठकमा १०७ मध्ये १०४ सांसद उपस्थित थिए । मुख्यमन्त्री यादवलाई ६९ सांसदले विश्वासको मत दिएका छन् । उनको विपक्षमा ३५ मत परेको छ । जनमत पार्टी र नेकपा (एमाले)ले मुख्यमन्त्री यादवको विपक्षमा मतदान गरे ।मुख्यमन्त्री यादवले एकवर्षमै ३५ सांसदको समर्थन गुमाए । जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री छन् ।

    जसपाससित सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), लाेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र साना दलले उनलाई विश्वासको मत दिएका छन् ।