लायन्स क्लव तनहुँ म्याग्देको रक्तदान : ८४ पिन्ट संकलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    लायन्स क्लव तनहुँ म्याग्देको रक्तदान : ८४ पिन्ट संकलन

    खबरपुञ्ज संवाददाता

    २८ फाल्गुन २०८०, सोमबार

    दमौली । लायन्स क्लव तनहुँ म्याग्देको आयोजनामा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पोखरा रक्त संचारको प्राविधिक सहयोगमा क्लवले रक्तदान आयोजना गरेको हो ।

    सो अवसरमा ८४ पिन्ट रगत संकलन भएको क्लवका अध्यक्ष गौरवराज रानाले जानकारी दिए । रगतको मागलाई पूरा गर्ने उद्धेश्यले रक्तदान आयोजना गरिएको उनले बताए ।

    उनले भने, ‘रगतको अभावमा कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भनेर कार्यक्रम गरिएको हो । रक्तदानमा सहभागी भइदिने सबैलाई क्लवको तर्फबाट धन्यवाद दिन्छु ।’

    कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सामाजिक काममा क्लवले आफूलाई अब्बल साबित गरेको बताए ।