प्रधानमन्त्री प्रचण्डले मागे विश्वासको मत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानमन्त्री प्रचण्डले मागे विश्वासको मत

    खबरपुञ्ज संवाददाता

    ३० फाल्गुन २०८०, बुधबार

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत दिन आह्वान गरेका छन् । प्रतिनिधि सभाको बैठकमा प्रस्ताव प्रस्तुत गर्दै विश्वासको मत दिन आह्वान गरेका हुन् ।

    यस प्रस्तावमा छलफल गर्न दुई घण्टाको समय छुट्याइएको छ ।

    सरकारले केही गरेन भन्नेहरुलाई आउँदा दिनमा काम गरेर जवाफ दिने भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रमाणित गर्न सकिन भने प्रधानमन्त्री पद मेरो लागि औचित्यहिन हुनेछ ।’