दमौली । चैत १५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) का लागि तनहुँमा २६ परीक्षा केन्द्र कायम भएको छ । शिक्षा समन्वय इकाई तनहुँले परीक्षाका लागि २६ केन्द्र कायम गरेको हो ।
परीक्षाका लागि पॉच हजार चार सय ६२ परीक्षार्थी सहभागी हुनेछन् । त्यसमध्य प्राविधिक धारतर्फ एक सय ३३ र ग्रेडवृद्धितर्फ ७८ परीक्षार्थी सहभागी हुने इकाईले जनाएको छ ।