दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अपिल बोहराले शान्ति सुरक्षा र अमनचयन कायमका लागि प्रहरी दृढ रहेको बताएका छन् । हालै सरुवा भई आएका बोहराले बुधबार पत्रकार भेटघाटमा शान्ति सुरक्षा कायमका लागि कसैसँग सम्झौता नगरिने बताए ।
बोहराले सबैसँग सहकार्य गरी काम गर्ने उल्लेख गरे । नागरिकको साथले मात्र प्रहरी सफल हुने भएकाले नागरिक-प्रहरी सहकार्यको आवश्यकता औल्याए ।