राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त

    खबरपुञ्ज संवाददाता

    ८ चैत्र २०८०, बिहीबार

    काठमाडौ । राष्ट्रिय योजना आयोगमा राजनीतिक दलको भागवण्डाका आधारमा सदस्य नियुक्त भएका छन् । कांग्रेस सत्ता गठबन्धनबाट बाहिरिएपछि चार जना सदस्यले राजीनामा दिएका थिए । उक्त रिक्त सदस्यमा सत्ता गठबन्धनमा थपिएका एमाले र राष्ट्रिय स्व्तन्त्र पार्टी (रास्वपा) ले भागवण्डा गरी लिएका छन् ।

    एमालेले तीन जना सदस्य लिएको छ भने रास्वपाले एउटा सदस्य पाएको छ ।एमालेबाट योजना आयोगको सदस्यमा प्राध्यापक संगीता सिंह, डा. कुशेन्द्रबहादुर महत र प्राध्यापक शिवराज अधिकारी नियुक्त भएका छन् । कांग्रेसबाट पनि एमालेझैँ तीन जना सदस्य रहेका थिए ।

    कांग्रेसबाट त्यतिबेला प्रभु बुढाथोकी, आरपी विच्छा र अनिता शाह ढुंगाना नियुक्त भएका थिए ।उनीहरूले कांग्रेस सरकारबाट बाहिरिएलगत्तै राजीनामा दिएका थिए । तीनै स्थानमा एमालेले सदस्य पाएको हो । त्यसैगरी, रास्वपाले डा. अरनिकोकुमार पाण्डे सदस्य नियुक्त गरेको छ ।

    सरकारबाट बाहिरिएको जनमत पार्टीको कोटामा रास्वपाले सदस्य पाएको हो ।जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्ना दाजु जयकान्त राउतलाई सदस्य बनाएका थिए । जनमत पार्टीले अहिलेको सरकारलाई समर्थन नगरेपछि राउतले सदस्यबाट राजीनामा गरेका थिए । त्यही स्थापनमा पाण्डेलाई नियुक्त गरिएको हो ।

    पाण्डे यसअघि आयोगको सल्लाहकार नियुक्त भएका थिए । २०७८ मा शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि उपाध्यक्षमा विश्व पौडेल नियुक्त भएका थिए । पौडेल उपाध्यक्ष भएपछि पाण्डे सल्लाहकार नियुक्त भएका थिए । उनीहरू एउटै टीममा लामो समय काम गरेका थिए ।