नाउपाद्वारा सुदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नाउपाद्वारा सुदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    खबरपुञ्ज संवाददाता

    १४ चैत्र २०८०, बुधबार

    काठमाडौ । प्रदेश सरकार गठनमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

    पार्टी अध्यक्ष रन्जिता श्रेष्ठको अध्यक्षतामा बुधबार टीकापुरमा बसेको बैठकले मुख्य कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य दामोदर पण्डितले जानकारी दिए । तर केही केन्द्रीय सदस्यले बैठक बहिष्कार गरेको स्रोतले जनाएको छ । 

    २१ सदस्यीय केन्द्रीय समितिमा बहुमत सदस्य उपस्थित भएर निर्णय गरिएको पण्डितले दाबी गरे । केन्द्रीय सदस्य पण्डितले केन्द्रमा तयार भएको नयाँ गठबन्धनअनुसार प्रदेशमा पनि जाने निर्णय भएको प्रस्ट पारे ।