इलाम-२ मा उम्मेदवार बन्न रास्वपामा तनहुँका शेषरमण सहित ६ को दावेदारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    इलाम-२ मा उम्मेदवार बन्न रास्वपामा तनहुँका शेषरमण सहित ६ को दावेदारी

    खबरपुञ्ज संवाददाता

    १४ चैत्र २०८०, बुधबार

    काठमाडौं । इलाम २ मा हुने उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्न ६ जनाको दावेदारी परेको छ । पार्टीले आन्तरिकरुपमा गर्ने प्राइमरी इलेक्सनका लागि ६जना खडा भएका हुन् ।

    उम्मेदवारी दिनेहरुमा एक महिला र ५ पुरुष छन् । पार्टीको केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले निकालेको सूचनाअनुसार गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, मिलन लिम्बू र डा. शेषरमण न्यौपानेले उम्मेदवारी दिएका हुन् ।

    दावेदारी प्रस्तुत गर्नेमध्ये डा. शेषरमण न्यौपाने तनहुँ निवासी हुन् । उनी रास्वपा तनहुँ-२ को सभापति हुन् ।

    प्रारम्भिक उम्मेदवारीउपरको दावी विरोध गर्ने समय चैत १४ देखि १५ गते दिउँसो १ बजेसम्मलाई निर्धारण गरिएको छ । पार्टी स्रोतका अनुसार हालै माओवादी त्याग गरेका मिलन लिम्बूलाई उम्मेदवार बनाउने नेतृत्वको तयारी छ ।

    प्राविधिक रुपमा प्राइमरी इलेक्सन भनिए पनि अन्य उम्मेदवारलाई पछि हट्न दबाब दिएर मिलनलाई खडा गर्ने बलियो सम्भावना रहेको छ । मिलन जनजाति पत्रकार महासंघका महासचिव तथा रास्वपा सभापति रवि लामिछानेका पूर्वसहकर्मी पनि हुन् ।