गण्डकीका मुख्यमन्त्रीले राजिनामा दिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीका मुख्यमन्त्रीले राजिनामा दिने

    खबरपुञ्ज संवाददाता

    १९ चैत्र २०८०, मंगलवार

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार राजीनामा दिने तयारीमा छन् । कांग्रेस संसदीय दलको बैठकमा छलफल गरेर दिउँसो राजीनामा दिने तयारी रहेको उनीनिकट सांसदहरूले बताएका छन् । 

    दलका प्रमुख सचेतक नन्दु न्यौपाने काठमाडौं भएकाले उनी आएपछि बैठक राख्ने तयारी दलको छ । फागुन २३ मा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्व सरकार अल्पमतमा परेको थियो । सरकार अल्पमतमा परेको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

    पाण्डेले संविधानअनुसार २२ गतेसम्ममा विश्वासको मत लिइसक्नुपर्छ र प्रदेशसभा नियमावलीअनुसार मंगलबार दिउँसोसम्म विश्वासको मत लिने भए संसद् सचिवालयमा सूचना पठाइसक्नुपर्छ ।

    विश्वासको मत नपाउने निश्चितप्राय: भएपछि उनले राजीनामा दिन लागेका हुन् । संसद्‍मा ठूलो दलको हैसियतले उनी पुन: मुख्यमन्त्री हुने योजनामा छन् । सरकार गठनका लागि निर्णायक रहेको राप्रपाको कुनै निर्णय नआउँदासम्म गण्डकीमा सरकार बनाउन अन्योल छ । नयाँ सत्ता समीकरण अनुसार एमाले-माओवादी मिल्दा सरकार बनाउने स्थिति छैन भने उनीहरूलाई पनि राप्रपाको साथ चाहिन्छ । (इकान्तिपुर)