पोइट आइडलको उत्कृष्ट दशमा परे तनहुँका विनायक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पोइट आइडलको उत्कृष्ट दशमा परे तनहुँका विनायक

    खबरपुञ्ज संवाददाता

    २६ चैत्र २०८०, सोमबार

    दमौली। तनहुँका विनायक पन्त पोइट आइडलको उत्कृष्ट दशमा पर्न सफल भएका छन् । वाइल्ड कार्डमार्फत् उत्कृष्ट दशमा पर्न गत साता प्रस्तुती दिएका पन्तले उक्त स्थान हासिल गरेका हुन् ।

    अत्याधिक भोटका कारण पन्तले उत्कृष्ट दशमा स्थान बनाएका छन् । भानु स्थायी घर भएका पन्तले भने, ‘यहाँहरूले देखाउनु भएको माया, साथ सहयोग र यहाँहरूले गर्नुभएको अत्याधिक भोट मार्फत म उत्कृष्ट १० मा पर्न सफल भएको छु। सबै सबैमा सहृदयत: धन्यवाद ।’

    आगामी दिनमा पनि सबैको माया साथ सहयोगको अपेक्षा गरेको उनले बताएका छन् ।