गण्डकीमा मन्त्रालयको सङ्ख्या नौ पुर्याउने निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गण्डकीमा मन्त्रालयको सङ्ख्या नौ पुर्याउने निर्णय

    खबरपुञ्ज संवाददाता

    २९ चैत्र २०८०, बिहीबार

    पोखरा । गण्डकी प्रदेश सरकारले मन्त्रालय थप्ने निर्णय गरेको छ । मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको मन्त्रिपरिषद्को मंगलबारको बैठकले मन्त्रालय बढाएर ९ पुर्‍याउने निर्णय लिएको हो । गण्डकीमा यसअघि ७ मन्त्रालय थियो ।

    मन्त्रिपरिषद्को मंगलबारको बैठकले मन्त्रालय टुक्र्याएर स्वास्थ्य र आन्तरिक मन्त्रालय बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा विनाविभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिए ।

    सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्रीसँग आन्तरिक मन्त्रालय बेग्लै बनाउने निणर्य भएको सरकारका प्रवक्ता चुमानले बताए ।

    यसअघि खगराज अधिकारी नेतृत्वकै सरकारले अघिल्लो वर्षको पुसमा प्रदेशमा रहेको १२ मन्त्रालयलाई घटाएर ७ मन्त्रालय बनाउने निर्णय गरेको थियो । अहिले सरकारलाई बहुमत पुग्न कठिन देखिएपछि मुख्यमन्त्री अधिकारीले भागबन्डा पुर्‍याउन दुई मन्त्रालय बढाउने निर्णय लिएका हुन् ।