तनहुँका कृष्ण सहित १० कमेडियन टप टेनमा छानिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तनहुँका कृष्ण सहित १० कमेडियन टप टेनमा छानिए

    खबरपुञ्ज संवाददाता

    २९ चैत्र २०८०, शुक्रबार

    काठमाडौ । लोकप्रिय रियालिटी शो ‘कमेडी च्याम्पियन’ को तेस्रो सिजनमा उत्कृष्ट १० प्रतिस्पर्धी छानिएका छन्। शोको बिहीबार प्रसारण एपिसोडमा ‘टप टेन’ प्रतिस्पर्धीलाई मञ्चमा स्वागत गरिएको थियो। 

    रिसभ काफ्ले, सुनिल खड्का, सन्देश देवकोटा, अमरेन्द्र यादव, विरेन प्रधान, कृष्ण गैरे, सुयशा खनाल, अच्युत काफ्ले, निश्चल अर्याल र सन्देश सुवेदी उत्कृष्ट १० मा पर्न सफल भएका हुन्। जसमध्ये कृष्ण गहिरे, सुयशा खनाल, अच्युत काफ्ले, निश्चल अर्याल र सन्देश सुवेदीले बिहीबारको एपिसोडमा प्रस्तुति दिँदै दर्शकसँग भोट समेत मागे। बाँकी ५ प्रतिस्पर्धीको प्रस्तुति दर्शकले शुक्रबार हेर्न पाउनेछन्। कृष्ण गैरे तनहुँको भिमाद निवासी हुन् ।

    कान्तिपुर टेलिभिजनमा प्रसारण हुने शो ‘कमेडी च्याम्पियन’ लाई विशाल भण्डारीले निर्देशन गरिरहेका छन्। 

    सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक रहेको शोमा रीमा विश्वकर्मा र मेक्सम गौंडेल होस्टका रूपमा छन्।