बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०८१, शनिबार

    पाेखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा महानगरपालिका–२५ हेमजाको भोटे क्याम्पमा दुर्घटना भएको छ । ग१ख ९२९७ नम्बरको बस मध्यपहाडी राजमार्गमा सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा १९ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिए ।

    बसमा ३६ जना यात्रु सवार रहेको प्रहरीको भनाइ छ । घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको र दुर्घटनाको थप विवरण आउन बाँकी रहेको शर्माले जानकारी दिए । “घाइतेलाई उद्धार गरी पोखराका विभिन्न अस्पतालमा पुर्याइएको छ । चालकलाई प्रहरीको नियन्त्रणमा लिएका छौँ, थप विवरण आउन बाँकी छ”, शर्माले भने । तनहुँबाट रिजर्भका लागि बागलुङ गएको बस पोखरा हुँदै तनहुँ फर्किने क्रममा साँझ ७ः३० बजेतिर दुर्घटनामा परेको थियो ।