इलाम-२ को मतगणना आइतबार बिहानबाट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    इलाम-२ को मतगणना आइतबार बिहानबाट

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०८१, शनिबार

    काठमाडौ । इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको मतगणना आइतबार मात्रै हुने भएको छ ।

    माङ्सेबुङ, फाकफोक र चुलाचुली गाउँपालिकाको मतपेटिका आउन ढिला हुने भएपछि आइतबार मात्रै मतगणना हुने भएको हो।चुलाचुली गाउँपालिका–६ साक्फारास्थित तोरीबारी क्षेत्रको मतपेटिका मोरङको मधुमल्ला हुँदै ल्याउनुपरेकाले समय लाग्ने भएको हो।

    त्यस्तै फाकफोक गाउँपालिकास्थित फाक्तिब क्षेत्रको मतपेटिका पाँचथरको रवि बजार हुँदै इलाम सदरमुकाम ल्याउनुपर्छ। त्यहीकारण मतगणना भोलि मात्रै हुने भएको हो।

    मतगणनाका लागि आइतबार बिहान ७ बजे सर्वदलीय बैठक डाकिएको छ। त्यसपछि इलाम नगरपालिकास्थित सिटी हलको (गौतम बुद्ध सभागृह) मा मत गनिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतगणनाका लागि शनिबारै सभागृहको हलमा ११ वटा सीसी क्यामेरा जडान गरिएको छ।