काठमाडौ । प्रतिनिधि सभा उपचुनावअन्तर्गत् इलाम—२ को मतगणना अहिले बिहान ७ बजेबाट सुरू हुँदैछ।
शनिबार भएको चुनावमा मतमेटिका ल्याउन ढिलाइ भएपछि अहिले बिहानबाट मतगणना हुन लागेको हो।
इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार बिहान ७ बजे सर्वदलीय बैठक बस्नेछ।
त्यसपछि मतगणना आरम्भ हुने उनले बताए।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङ निर्वाचित इलाम–२ मा उनको निधन भएपछि उपनिर्वाचन भएको हो। शनिबार भएको मतदानमा ६० प्रतिशत मत खसेको थियो।
यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता छन्। तीमध्ये ६९ हजार २८७ जनाले मतदान गरेका छन्। मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले ६० प्रतिशत मत खसेको बताए।