इलाम-२ मा नेकपा एमालेका सुहाङ नेम्बाङ विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    इलाम-२ मा नेकपा एमालेका सुहाङ नेम्बाङ विजयी

    खबरपुञ्ज संवाददाता

    १८ बैशाख २०८१, मंगलवार

    काठमाडौ । इलाम-२ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका सुहाङ नेम्बाङ विजयी भएका छन् । मंगलबार बिहान सकिएको मत परिणाम अनुसार नेम्बाङ २७ हजार ७ सय ७२ मत प्राप्त गरी विजयी भएका हुन् ।

    प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिं लिम्बुले ११ हजार ४ सय ५७ र रास्वपाका मिलन लिम्बुले ५०५० मत प्राप्त गरेका छन् ।