इलाम । इलाम क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङले इलामेली जनताको शिर ठाडो रहने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मङ्गलबार आयोजना गरेको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै नेम्बाङले इलामका जनता शिर सधैं उच्च राख्ने गरी काम गर्ने उल्लेख गरे ।
इमान, निष्ठापूर्वक काम गर्ने बताउँदै नेम्बाङले भने, “जनताप्रति गरिएका प्रतिबद्धता पूरा गर्नेतर्फ सधै दृढ रहनेछु । बुबाले देखाएको बाटो सधैं अवलम्बन गर्नेछु । इलामका जनताले देखाएको बाटो हिँड्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”