पर्वतमा दम्पती हत्यामा संलग्न २ जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पर्वतमा दम्पती हत्यामा संलग्न २ जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    १८ बैशाख २०८१, मंगलवार

    पर्वत । पर्वतको जलजला गाउँपालिका–२ मल्लाजमा मंगलबार राति सूर्यबहादुर जीसी र उनकी श्रीमतीको हत्या लुटपाट गर्ने क्रममा भएको आकलन प्रहरीले गरेको छ ।

    घटनास्थलबाट हत्यामा प्रयोग भएको ठानिएको हँसिया बरामद गरेको प्रहरीले मृतक ६९ वर्षीय सूर्यबहादुरले लगाएको हातको औंठी र उनकी ६७ वर्षीया श्रीमती कमला जीसीले लगाएको सिक्रीसमेत चोरी भएको देखिएपछि लुटपाट गर्ने क्रममा उनीहरूको हत्या भएको हुनसक्ने आकलन गरिएको हो ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हत्यामा संलग्न २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्ण बिक र दीपक परियार छन् । ब्युरोका प्रहरी निरीक्षक कृष्ण ध्वजुको टोलीले म्याग्दी र पोखरा पुगेर उनीहरूलाई पक्राउ गरेको हो ।

    परियारलाई पोखरा र बिकलाई म्याग्दीबाट नियन्त्रणमा लिएको ब्युरोका प्रवक्ता एसपी होबिन्द्र बोगटीले दिए । प्रहरीले लुटपाट गरेको गहना पनि बरामद गएको छ