


दमौली ।लियो जिल्ला परिषद् ३२५ एल नेपालको अध्यक्षमा अभय थापा चयन भएका छन् । पोखरामा सम्पन्न परिषद्को दोस्रो जिल्ला सम्मेलन एवं तेस्रो जिल्ला परिषद् बैठकले थापालाई शतप्रतिशत मत प्रदान गरी अध्यक्षमा निर्वाचित गरेको हो ।
जसको उपाध्यक्षमा शुलभ थकाली, सचिवमा सम्राट जग एडी र कोषाध्यक्षमा कुशल लम्साल चयन भएका छन् ।

परिषद्का अध्यक्ष सन्तोष ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय युवा परिषद्का अध्यक्ष सुरेन्द्र बस्नेतले युवामा क्षमता र नेतृत्व विकासका लागि लियोको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।