विश्वासकाे मत लिँदै मुख्यमन्त्री अधिकारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    विश्वासकाे मत लिँदै मुख्यमन्त्री अधिकारी

    खबरपुञ्ज संवाददाता

    २२ बैशाख २०८१, आईतवार

    पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिँदैछन्।

    आइतबार अपराह्न बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वास मतको प्रस्ताव राखेका छन्।

    उनले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र स्वतन्त्र सांसद राजीव गुरूङको समर्थनमा आफू मुख्यमन्त्री बनेको बताएका उनले विश्वासको मतमा नेपाली कांग्रेस र राप्रपाको पनि सहयोग रहने विश्वास व्यक्त गरेका छन्।

    कांग्रेस प्रमुख प्रतिपक्षीमा छ। प्रतिपक्षमै रहेको राप्रपाले पनि तटस्थ बस्ने बताएको छ।