कानुन दिवसमा राष्ट्रपति सहभागी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कानुन दिवसमा राष्ट्रपति सहभागी

    खबरपुञ्ज संवाददाता

    २६ बैशाख २०८१, बुधबार

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कानुन दिवस २०८१ को अवसरमा सर्वोच्च अदालतले बुधबार अदालत परिसरमा आयोजना गरेको चियापान कार्यक्रममा सरिक भएका छन् । कार्यक्रममा प्रथम महिला सबिता पाैडेल पनि उपस्थित थिइन् । साे अवसरमा राष्ट्रपति पाैडेललाई प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले पुष्पगुच्छा दिएर स्वागत गरे ।

    समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, कानुन व्यवसायी, उच्चपदस्थ सरकारी अधिकारी र विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभावहरुको सहभागिता रहेको थियो ।