मधेस सरकारबाट माओवादी बाहिरियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मधेस सरकारबाट माओवादी बाहिरियो

    खबरपुञ्ज संवाददाता

    २९ बैशाख २०८१, आईतवार

    काठमाडौं मधेस प्रदेश सरकारबाट माओवादी केन्द्रका मन्त्रीहरू बाहिरिएका छन् । आइतबार माओवादी केन्द्रका दुई जना मन्त्रीहरूले मुख्यमन्त्रीलाई भेटेर राजीनामा बुझाएका हुन् ।

    सरकारमा माओवादी केन्द्रबाट भरतप्रसाद साह वन तथा वातावरण र युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री थिए । उनीहरू दुवै जना वैशाख ६ गते मन्त्री नियुक्त भएका थिए ।

    मन्त्री साहले भने आफूलाई दिइएको मन्त्रालयप्रति असन्तुष्टि जनाउँदै पदभार ग्रहण गरेका थिएनन् । एमालेका मन्त्रीले पनि राजीनामा दिने तयारी गरिरहेका छन् ।