मधेशमा एमालेले पनि छाड्यो सरकार, मुख्यमन्त्री अल्पमतमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मधेशमा एमालेले पनि छाड्यो सरकार, मुख्यमन्त्री अल्पमतमा

    खबरपुञ्ज संवाददाता

    २९ बैशाख २०८१, आईतवार

    काठमाडौ । नेकपा एमाले पनि मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। एमालेका मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका छन्।

    मधेस भवनस्थित रहेको मुख्यमन्त्री निवासमा पुगेर एमालेका चार जना मन्त्री र दुई राज्यमन्त्रीले राजीनामा बुझाएका हुन्।

    एमाले संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार तथा विकास, राजकुमार लेखी गृह तथा सञ्चार, प्रमोद जयसवाल शिक्षा तथा संस्कृति र शत्रुधनप्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए।

    त्यसैगरी केशव राय र शारदादेवी थापा राज्यमन्त्री थिए।

    जसपा संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको सरकार ढालेर नयाँ सरकार गठनका लागि यसअघि आजै नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले समेत राजीनामा बुझाएका थिए।