देउराली नगरको अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सांसद श्रेष्ठद्वारा मन्त्रीको ध्यानाकर्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    देउराली नगरको अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सांसद श्रेष्ठद्वारा मन्त्रीको ध्यानाकर्षण

    खबरपुञ्ज संवाददाता

    २९ बैशाख २०८१, आईतवार

    दमाैली । पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले तनहुँको व्यास नगरपालिका–३ देउरालीनगरको अव्यवस्थित बसोबासी समस्या समाधानका लागि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

    आइतबार सिंहदरवारस्थित मन्त्रालयमा मन्त्री भानुभक्त जोशी, सचिव मुकुन्दप्रसाद निरौलासँग भेट गरी सांसद श्रेष्ठले लामो समयदेखि समस्या रहेको देउरालीनगरको अव्यवस्थित बसोबासीको दीर्घकालिन समाधानका लागि उपाय खोजी गर्न ध्यानाकर्षण गराएका हुन् ।

    कयौ वर्षदेखि अव्यस्थित बसोबासी समस्या खेप्दै आएका यहाँका स्थानीयवासीको समस्या समाधानका लागि दीर्घकालिन उपाय खोजीका लागि मन्त्री र सचिव समक्ष आग्रह गरेको सांसद श्रेष्ठले बताए । उनले भने, “तनहुँका जनताका पीर, मर्का र समस्याका सवालमा म सदैव साथमै छु ।”

    देउराली नगरका स्थानीयवासीले पटक पटक आफूहरुको समस्या समाधानका लागि अनुरोध गर्दै आएपनि सफल हुन सकिरहेको छैन ।