काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेशमा दलहरू सहमति नजिक पुगेका छन् । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा आइतबार बसेको कार्यदलको बैठक सहमति नजिक पुगेको नेताहरू बताउँछन् ।
समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदल सदस्य कांग्रेस नेता जीवन परियार छलफल सकारात्मक रहेको बताउँछन् ।
कार्यदलको बैठकमा परियारबाहेक कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी भएका थिए । परियार र कार्की दुवै कार्यदलको बैठक स्थगित गरेर संसदीय दलको कार्यालयमा गएका छन् ।
उनीहरूसँग महामन्त्री गगन थापा, प्रमुख सचेतक लेखक रमेश लेखक लगायतले छलफल गर्दैछन् । नेताहरूका अनुसार कार्यदलको बैठक २० मिनेटका लागि स्थगित भएको छ ।
नेताहरूका अनुसार उपप्रधान तथा गृहमन्त्रीको नाम नलेख्ने तर समस्याग्रस्त सहकारीको नाम लेख्ने गरी सहमतिको प्रयास भएको छ । यसमै दलहरू सहमति नजिक पुगेका हुन् ।