प्रभु बैङ्कका ग्राहक तथा कर्मचारीले होटल सरोवर र किङ्गस लाउन्जमा छुट पाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    प्रभु बैङ्कका ग्राहक तथा कर्मचारीले होटल सरोवर र किङ्गस लाउन्जमा छुट पाउने

    खबरपुञ्ज संवाददाता

    ९ जेष्ठ २०८१, बुधबार

    पोखरा । पर्यटकीय सदरमुकाम पोखराको लेकसाइड मा अवस्थित होटल सरोवर प्रा.लि र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंक लिमिटेडद्वारा आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

    पाेखरामा आयाेजित एक समाराेहका बीच होटल सरोवरको तर्फबाट मुख्य प्रबन्धक प्रतिक पहारी, किङ्गस लाउन्ज पोखराको तर्फबाट सञ्चालन प्रबन्धक अजय नकर्मी र प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख प्रदेश अधिकृत गण्डकी प्रदेश राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन ।

    सम्झौता अनुसार प्रभु बैंकका ग्राहकबर्ग, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका परिवारजनले होटल सरोवरमा उपलब्ध सेवाहरु आवास, खाना, मनोरञ्जन सभाहल र पौडी लगायतका सेवाहरुमा विशेक्ष छुट प्राप्त गर्न सक्नेछन ।

    त्यस्तै किङ्गस लाउन्ज पोखरामा उपलब्ध सेवाहरु जस्तै खाना, खाजा, तथा मनोरञ्जन सुबिधामा बिशेस छुट प्राप्त गर्न सक्नेछन । साथै प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताकाे प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सकिनेछ ।

    नेपालको पर्यटन क्षेत्रमा लामो समयदेखि निरन्तर रुपमा लागिराखेका प्रा.डा. भरत पहारीद्वारा सञ्चालित होटल सरोवर पोखराको लेकसाइडमा एकै छानामुनी अत्याधुनिक सेवा तथा सुबिधाहरु उपलब्ध गराउँदै आएको छ भने किङ्गस लाउन्ज पोखरा युवा तथा सङ्गितप्रेमी लक्षित होटल तथा रेष्टुरेण्टको रुपमा बहुचर्चित पाईन्छ ।

    त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधी बाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यलयहरु, २८५ एटीयम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा वढि ग्राहकहरुलाई “बिश्वास लिन्छौं बिश्वास दिन्छौं” मुल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

    समारोहमा प्रभु बैंक गण्डकी प्रदेशका सञ्चालन जोखिम अधिकृत ज्योतिकृष्ण लामिछाने, प्रदेश व्यापार प्रबन्धक विक्रम गिरी्, होटल सरोवरका म्यानेजर मनिस श्रीवास्तव तथा किङ्गस लाउन्ज पोखरा प्रबन्धक मदन श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।