सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

    खबरपुञ्ज संवाददाता

    १० जेष्ठ २०८१, शुक्रबार

    जनकपुरधाम । जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

    न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको अदालतका श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए ।

    जिल्ला सरकारी वकिलको कार्यालयले ५ दिन मागेको थियो भने सिरोहियाको तर्फबाट कानुन व्यवसायीहरूले गैरकानुनी धरपकड गरेको र विवाद थुनामा राखिराख्नु नपर्ने खालको भएको भन्दै रिहा गर्न माग गरेका थिए ।

    पक्ष विपक्षको बहस सुनेपछि न्यायाधीशले ३ दिन (आइतबारसम्मका लागि) म्याद थपेका छन् ।