गण्डकीको योजना आयोग उपाध्यक्षमा देवकोटा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीको योजना आयोग उपाध्यक्षमा देवकोटा

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    पोखरा। गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा कृष्णचन्द्र देवकोटा नियुक्त भएका छन्।

    गोरखाको पालुङटार नगरपालिका–३ का देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार उपाध्यक्ष नियुक्त गरेका हुन्। यसअघि पनि उनी आयोगको उपाध्यक्ष भएका थिए। 

    दक्षिण कोरियाको क्योङपुक नेसनल युनिभर्सिटीबाट भूगर्भशास्त्रमा विद्यावारिधि गरेका देवकोटा हाल ‘ग्लोबल इन्स्टिच्युट फर इन्टर डिसिप्लिनरी स्डडिज’ जीआईईएस)मा आबद्ध छन् । उनलाई बिहीबार नै मुख्यमन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ गराए।