सांसद श्रेष्ठकाे पहलपछि अधुराे पुलकाे काम सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सांसद श्रेष्ठकाे पहलपछि अधुराे पुलकाे काम सुरु

    खबरपुञ्ज संवाददाता

    १९ जेष्ठ २०८१, आईतवार

    काठमाडाै । बारा-४ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानकाे पहलमा बारामा अधुराे पुलकाे काम सुरु भएकाे छ । ३ वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने पुल १० वर्षसम्म अधुराे रहेपछि सांसद श्रेष्ठले पुल निर्माण सुचारु गराउन पहल थालेका थिए ।

    बाराको प्रसौनी गाउँपालिका वडा नं ७ मा रहेको बंग्रेरी खोलामा पुल निर्माणको ठेक्का मोना जेभी इलाइट कन्सट्रक्सनले लिएको छ । २०७१ सालमा सम्झौता गरेर २०७३ असार मसान्तभित्र सम्पन्न गर्नुपर्ने योजनामा १० वर्षपछि बल्ल ९० प्रतिशत काम सम्पन्न भएको छ । लामाे समयदेखि अधुराे रहेकाे पुलकाे काम अगाडी बढाउन श्रेष्ठले सम्बन्धित निकायमा पहल गरेका थिए ।

    May be an image of 8 people

    प्रसौनी गाउँपालिका वडा नं ७ का पूर्व वडाध्यक्ष राममणि गुप्ताले २०७९ काे चुनावमा किसान श्रेष्ठले एक वर्षभित्र पुल बनाउँछु भनेर प्रतिबद्धता जनाएकाे बताए । उनले भने, ‘‘ठेकेदारले कहिले काम गर्ने, कहिले नगर्ने, कता कता हराउने भएपछि हामीले जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय, सडक विभागमै पुगेरै लिखित रुपमा ठेकेदारलाई कारबाहीको माग गर्दा पनि सुनवाइ भएन । गत चुनावमा किसान श्रेष्ठले १ वर्षभित्र यो पुल बनाउँछु भनेर बाचा गरेका कारण उहाँले जितेपछि दबाब दिएर पुलको काम अहिले ९५ प्रतिशत भएको छ । अब ५ प्रतिशत बाँकी छ ।’

    शुक्रबार बारा–४ का सङ्घीय सांसद किसान श्रेष्ठ, हेटौंडा सडक डिभिजन प्रमुख राजेश कुमार यादव, बारा जिल्ला सडक डिभिजन कार्यालयका सुपरभाइजर लक्ष्मण हजारा सहितको टोलीले पुलको भौतिक प्रगतिबारे स्थलगत अनुगमनसमेत गरेको थियो । अनुगमनको क्रममा स्थानीयहरूले बाँकी काम समयमै सम्पन्न गर्न ठेकेदारले चासो नदेखाएको गुनासो गरेका छन् ।

    सङ्घीय सांसद श्रेष्ठले असार मसान्तभित्र काम सक्नेगरी ठेकेदार कम्पनीलाई दबाब दिने बताए । ‘यो मेरो इज्जतको कुरा पनि भयो । म असारभित्र पुलमाथिबाट गाडी गुड्नेगरी काम गर्नलाई दबाब दिन्छु,’ सांसद श्रेष्ठले भने ।