कलाकारितामा प्रवेश गर्दै श्रीराम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    कलाकारितामा प्रवेश गर्दै श्रीराम

    खबरपुञ्ज संवाददाता

    २३ जेष्ठ २०८१, बिहीबार

    काठमाडाै । शैक्षिक परामर्श व्यवसायी श्रीराम पाैडेल कलाकारितामा प्रवेश गरेका छन् । चर्चित गायक शिरिष देवकाेटाकाे नयाँ गीत ‘तिम्राे काखैमा’ काे म्युजिक भिडियाेमा पाैडेलले अभिनय गरेका हुन् ।

    भिष्टा इन्टरनेशनल एडुकेशनका सञ्चालक पाैडेलले आफ्नाे नयाँ प्रयासलाई दर्शक तथा शुभेच्छुकले साथ र सहयाेग दिने अपेक्षा गरेका छन् । उनले भने, ‘मेरो यो नयाँ प्रयासलाई यहाँहरुले पनि साथ र सहयोगसँगै सुझाब अनि हौसला प्रदान गर्नु हुनेछ भन्ने अपेक्षा लिएको छु ।

    रङहरुको मिश्रणले सुन्दर इन्द्रेणी बनेजस्तै जीवनलाई पनि बहुआयामिक रङ्गहरु जोडेर सुन्दर बनाउने प्रयास गरेकाे उनकाे भनाइ छ । उनले भने, ‘यसै क्रममा कलाकारिताको नयाँ अनुभव र अनुभूति संगालेको छु । लोकप्रिय गायक शिरीष देवकोटाको सृजना र आवाजलाई अभिनय मार्फत प्रस्तुत गरेको छु ।’