गण्डकीमा फ्लोर क्रस, देवकोटाले पाण्डेलाई दिए मत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीमा फ्लोर क्रस, देवकोटाले पाण्डेलाई दिए मत

    खबरपुञ्ज संवाददाता

    २७ जेष्ठ २०८१, सोमबार

    पोखरा । नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्नबाट निर्वाचित फणिन्द्र देवकोटाले सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका छन् ।

    यसैबीच गण्डकी प्रदेशसभामा मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत लिने क्रममा नाराबाजी भएको छ ।

    मत विभाजनका क्रममा सत्तारुढ दलका सांसदहरूले माओवादी केन्द्रका सांसद फणिन्द्र देवकोटालाई पक्षमा मतदान गर्न लगेसँगै एमाले र माओवादी केन्द्रका सांसदहरूले नाराबाजी गरेका हुन् ।