मोटरसाइकल दुर्घटनामा तनहुँ भिमादका प्रहरी सहायक हवल्दार श्रेष्ठको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मोटरसाइकल दुर्घटनामा तनहुँ भिमादका प्रहरी सहायक हवल्दार श्रेष्ठको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २७ जेष्ठ २०८१, सोमबार

    सिन्धुली । सिन्धुलीमा सवारी दुर्घटना हुँदा तनहुँको भिमाद नगरपालिका वडा नं. ७ घर भएका प्रहरी सहायक हवल्दार सूर्यकुमार श्रेष्ठको मृत्यु भएको छ ।

    सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं. ५ झगरेबेँसीस्थित भित्री सडकखण्डमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा गस्तीमा खटिएका श्रेष्ठको मृत्यु भएको हो ।

    प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँको महाराजगञ्ज पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको हो ।

    सोही दुर्घटनामा सिन्धुली कमला नगरपालिका वडा नं. ९ घर भएका प्रहरी सहायक निरीक्षक रविन्द्रकुमार ठाकुरको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरी चौकी रत्नावतीबाट प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाईकलमा नियमित गस्तीमा खटिएका उनीहरु दुर्घटनामा परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार सोल्पाडाँडाबाट गस्ती गर्दै पुनः प्रहरी चौकी रत्नावतीतर्फ फर्कनेक्रममा प्रहरी सहायक निरीक्षक ठाकुरले चलाएको मोटरसाइकल आइतबार अपराह्न ४ बजे अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको थियो । सहायक निरीक्षक ठाकुरको घटनास्थलमै मृत्यु भएको थियो ।