बागमतीका मेयर र उपमेयरसहित ६ जनाविरूद्ध ३० करोडको भ्रष्टाचार मुद्दा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बागमतीका मेयर र उपमेयरसहित ६ जनाविरूद्ध ३० करोडको भ्रष्टाचार मुद्दा

    खबरपुञ्ज संवाददाता

    २८ जेष्ठ २०८१, मंगलवार

    काठमाडौ । सर्लाहीको बागमती नगरपालिकाका मेयर र उपमेयरसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले ६ जनाविरूद्ध मंगलबार मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। 

    निलम्‍बित मेयर भरतकुमार थापा, उपमेयर लिलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेल र समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरीविरूद्ध मुद्दा दायर भएको हो।

    वडा नम्बर ४ र १२ मा रहेको माछा पोखरी (भरत ताल) निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिटी, बालुवालगायत नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमितता गरेको भन्ने उजुरी परेको थियो।