ज्ञान बगैचा फुटसल प्रतियोगिताको उपाधी व्यासको बाराही माविलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    ज्ञान बगैचा फुटसल प्रतियोगिताको उपाधी व्यासको बाराही माविलाई

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । शुक्लागण्डकीमा आयोजना गरिएको ज्ञान बगैचा फुटसल प्रतियोगिताको उपाधी व्यासको बाराही माध्यमिक विद्यालयले जितेको छ । शनिवार भएको फाइनलमा बाराहीले पोखराको सिद्धीविनायक माविलाई टाइब्रेकरमा ३–२ ले पराजित गरेको हो ।

    निर्धारित समयमा २–२ गोल भएपछि खेल ट्राइबेकरमा पुगेको हो । उपाधीसँगै बाराही माविले नगद १५ हजार र द्धितीयमा चित्त बुझाएको सिद्धिविनायक माविले नगद १० हजार साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाए । प्रतियोगितामा उत्कृष्ट गोलकिपर बाराहीका पुजन वि. क. र उत्कृष्ट खेलाडी बाराहीकै चर्चित अधिकारी घोषित भएको विद्यालयका प्रिन्सीपल सुरेश पौडेलले जानकारी दिए ।

    उनीहरुलाई विद्यालयका संस्थापक बाबुराम कार्की, सेराटोल विकास संस्थाका अध्यक्ष लाल बहादुर कार्की लगायतले पुरस्कार प्रदान गरेका थिए ।

    तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नंं ५ बेलचौतारामा रहेको ज्ञान बगैंचा इङ्लीस बोर्डिङ स्कुलको आयोजनामा एसइई दिएर बसेका विद्यार्थीबीच एक आपसमा परिचय र सामिप्यताकालागि प्रतियोगिता गरिएको हो । एडिएसल फुटसल बेलचौतारामा भएको प्रतियोगितामा १६ विद्यालयको सहभागिता रहेको थियो । ज्ञान बगैचामा गएको वर्षदेखि कक्षा ११ र १२ को अध्यापन शुरु गरिएको छ ।