काठमाडौंमा आज वर्षकै बढी गर्मी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    काठमाडौंमा आज वर्षकै बढी गर्मी

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडाै । काठमाडौं उपत्यकामा आज यो वर्षकै सबैभन्दा बढी तापक्रम मापन भएको छ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस मापन गरेको छ।

    मौसविद् मीनकुमार अर्यालका अनुसार आजको अधिकतम तापक्रम यो वर्षकै सबैभन्दा बढी हो।

    जेठ १७ गते काठमाडौंको अधिकतम तापक्रम ३४.४ डिग्री सेल्सियस पुगेको थियो।

    काठमाडौंमा अहिलेसम्मकै सबैभन्दा बढी तापक्रम विस २०४६ वैशाख २५ गते ३६.६ डिग्री सेल्सियस मापन भएकव थियो।

    पूर्वी भूभागसम्म आएको मनसुन नफैलिएका कारण काठमाडौं लगायत पश्चिमी भूभागहरूमा तापक्रम बढेको अर्यालले बताए।