बालेनको चेतावनी : नगरसभामा कांग्रेस एमालेको धङधङी बोकेर नआउनुहोला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बालेनको चेतावनी : नगरसभामा कांग्रेस एमालेको धङधङी बोकेर नआउनुहोला

    खबरपुञ्ज संवाददाता

    २ असार २०८१, आईतवार

    काठमाडौ । काठमाडौ महानगरपालिकाका मेयर बालेन साहले नगरसभामा कांग्रेस एमालेको धङधङ बोकेर नआउन चेतावनी दिएका छन् । नगरसभाका सदस्य हिँडेर नगरसभा नै स्थगित भएपछि साह आक्रोशित भएका हुन् ।

    उनले सामाजिक सञ्जालमार्फत् भनेका छन् –

    ३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भयो ।

    काठमाण्डौ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ ।

    नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाण्डौ महानगर पालिकाले गर्दैन ।

    काठमाण्डौ महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला ।