नक्कली लाइसेन्स प्रकरणः उपसचिवसहित ५ जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नक्कली लाइसेन्स प्रकरणः उपसचिवसहित ५ जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    २ असार २०८१, आईतवार

    काठमाडाै । नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रकरणमा उपसचिवसहित ५ जना पक्राउ परेका छन् ।

    उपसचिव केशव अर्याल, शाखा अधिकृत पदमराज आचार्य, कम्प्युटर अपरेटर दिलिपकुमार शाह, राजेश लम्साल र सुवास पौडेल पक्राउ परेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता एसपी होबिन्द्र बोगटीले आइतवार जानकारी दिए । 

    सरकारी कागजात कीर्ते गरेको अभियोग लागेर पक्राउ परेका उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थपेर थुनामा राखिएको छ ।