राष्ट्रपतिद्वारा जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रपतिद्वारा जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन

    खबरपुञ्ज संवाददाता

    २ असार २०८१, आईतवार

    जर्मनी । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार जर्मनीका जलवायु परिवर्तनका क्षेत्रमा विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूकाे अवलोकन गरेका छन् । जर्मनीको पोट्सडाम अवस्थित ती संस्थाहरूको राष्ट्रपति पाैडेलले अभिरुचीपूर्वक अवलोकन गरेका हुन् ।

    अवलोकनका क्रममा वैज्ञानिकहरूले जलवायु परिवर्तनका असरहरूबारे जानकारी गराएपछि राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असरबारे अनुसन्धानका साथै यो असर घटाउन विकसित मुलुकले तत्काल गर्नुपर्ने समाधानका उपायबारे सुझाव दिन उहाहरूलाई आग्रह गरेका थिए। “जर्मनी यसमा अत्यन्त चिन्तित छ र यसबारे अनुसन्धान गर्ने महत्वपूर्ण मुलुक पनि हो । तपाईँहरूले अनुसन्धानमा ठूलो प्रगति गर्नुभएको छ। तर अब अनुसन्धानमात्रै होइन समाधानका उपायबारे पनि सुझाव दिनुपर्यो”, राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै उनका प्रेस सल्लाहाकार किरण पोखरेलले भने-“ नेपालमा जलवायु परिवर्तनको असर देखिसक्यो । हिमालयहरू काला पहाड़मा परिणत भैसके । अब यसको असर विकसित मुलुकहरूमा पनि पर्नेछ र यो पृथ्वीलाई जोगाउने कुरा हो । त्यही भएर तपाईँहरूले मारमा परेका देशले के के गर्नुपर्यो र विकसित देशले के के गर्नुपर्यो भनेर स्पष्टसँग समाधानका उपाय दिन आावश्यक छ ।”

    जिएफजेडका साइन्टिफिक कार्यकारी निर्देशक सुजना बाउंटर, पोस्टाडाम इन्स्टिट्यूट फ़र क्लाइमेट इम्प्याक्ट रिसर्च ( पिआईके) का अनुसन्धान समूहका प्रमुख युर्गन पि. क्रप, नेपाली रिसर्च इन्स्टिट्यूट फ़र सस्टेनेवेलेटीका अनुसन्धान समूह लीडर डा. महेश्वर रूपाखेतीलगायतका वैज्ञानिकहरूले विभिन्न विषयमा साे अवसरमा राष्ट्रपति पाैडेललाई जानकारी गराएका थिए।