काठमाडौ । पूर्वमन्त्री एवं बारा-४ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले ‘बकर इद (इद उल अजहा)’ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । इस्लाम धर्मावलम्बीको पर्व बकर इदको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले इस्लाम धर्मावलम्बरुले ‘बकर इद’ लाई पवित्र पर्वका रुपमा मनाउँदै आएका जनाउँदै यस पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको उल्लेख गरेका छन्।
शुभकामना सन्देशमा नेपाल–प्राचीनकालदेखि विभिन्न जात, जातिको बसोबासको सङ्गमस्थल रहेकाले यहाँ विभिन्न भाषा, विभिन्न धर्म, विभिन्न संस्कृति र चाडपर्वको आफ्नो बेग्लै विशेषता छ र सबैलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा छ भनिएको छ ।