तनहुँको आँबुखैरेनीमा विश्व शान्ति पूजा हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    तनहुँको आँबुखैरेनीमा विश्व शान्ति पूजा हुँदै

    खबरपुञ्ज संवाददाता

    ४ असार २०८१, मंगलवार

    दमाैली । तनहुँको आँबुखैरेनीस्थित बौद्ध सदन गुम्बामा विश्व शान्ति पूजा हुने भएको छ । बौद्ध सदन आँबुखैरेनी गुम्बाको २५ औं वर्षको अवसरमा तीन दिनसम्म विश्व शान्ति पूजा आयोजना गर्न लागिएको हो ।

    त्यसअवसरमा भोलि असार ५ गते बिहान ८ बजे विश्व शान्ति पूजा उद्घाटन, असार ५ गतेदेखि ७ गतेसम्म गुम्बा भवनमा पूजापाठ र असार ८ गते बिहान अभिषेक ग्रहण गरी कार्यक्रम समापन गरिने बौद्ध सदनका अध्यक्ष कृष्णमान तामाङले जानकारी दिए।

    आँबुखैरेनी गाउँपालिका–३ तल्लोबजारमा अवस्थित गुम्बामा विश्व शान्तिको कामना गर्दै पूजा (ह्युमपति पाठ) गर्न लागिएको उनकाे भनाइ छ । विश्व शान्ति पूजाका लागि पोखराबाट गुरुहरु आइसकेको उनले जानकारी दिए ।