पर्यटन प्रवर्द्धनका लागि नेपाल र भारतका पत्रकार पुगे राराताल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पर्यटन प्रवर्द्धनका लागि नेपाल र भारतका पत्रकार पुगे राराताल

    खबरपुञ्ज संवाददाता

    ७ असार २०८१, शुक्रबार

    काठमाडौ । नेपालको कर्णाली प्रदेशमा रहेका धार्मिक तथा पर्यटकीय स्थलको पर्यटन प्रवर्द्धनका लागी”गर्मी से वेहाल :चलो रारा ताल” भन्ने मूल नाराका साथ नेपाल तथा भारतका पर्यटन व्यवसायी सम्मिलित ३४ जनाको टोलि रारा पुगेकाे छ।

    उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशको आयोजना तथा पत्रकार महासंघ केन्द्रको समन्वयमा कार्यक्रम संयोजक पत्रकार हरिहर सिंह राठौरको संयोजकत्वमाटोलि राराताल पुगेको हो।भारतीय पत्रकार, पर्यटन व्यवसाय, नेपाली पत्रकार , पर्यटन व्यवसायी सम्मिलित टोली राराको प्रचार प्रसारका लागि असार तीन गते सुर्खेत बाट तारा प्रस्थान गरेकाे थियों।

    नेपाल तथा भारतका पर्यटन व्यवसायी सम्मिलित ३४ जनाको टोलि कार्यक्रम संयोजक पत्रकार हरिहर सिंह राठौरको संयोजकत्वमा राराताल पुगेको हो।उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशको सहयोग तथा नेपाल फोटो पत्रकार महासङ्घ औद्योगिक प्रवर्द्धन तथा पर्यटन महाशाखा प्रमुख राम बहादुर बुढाको नेतृत्वमा रहेको टोलीले रारा जाने क्रममा दैलेखको श्रीस्थान क्षेत्र, नाभिस्थान, दुल्लु क्षेत्रको अवलोकन गरेको थियो ।

    दुल्लु पुग्दा दुल्लु नगर पालिकाका उपमेयर बिना कार्कीसहित प्रमुख प्रशासकिय अधिकृत अन्य कर्मचारी, जनप्रतिनिधिले भ्रमण टोलिलाई स्वागत गरेका थिए । दैलेख अबलोकन पश्चात कालीकोटमा पुगेको टोलिलाई कालीकोटको खाँडाचक्र नगर पालिकाका मेयर कमल बहादुर शाही, प्रमुख जिल्ला अधिकारी गणेश नेपाली, प्रहरी निमित प्रमुख प्रकाश केसी, पत्रकार महासङ्घका अध्यक्ष भरत विष्ट लगायत पत्रकारको टोलीले लगायत समाजसेवीहरुले एक भव्य कार्यक्रम गरी स्वागत गरेका थिए ।

    कालिकोटबाट बिभिन्न धार्मिक ऐतिहसिकस्थलको अवलोकन गर्दै रारा पुगेको टिमलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका उपसचिव राजेन्द्र कुमार वासुकला तथा नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्ल, सचिव जीवन सेजुवाल लगायत पत्रकारको टोलीले ताल छेउमा एक भव्य स्वागत गरेको थियो। रारा पुगेर फर्केको टोलिलाई उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशले एक कार्यक्रम गरी असार सात गते विदाई गरेकाे छ।