काठमाडौं । नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या देखिएको छ । सोमबार अपरान्हदेखि कम्पनीको जीएसएम मोबाइल सेवामा एक्कासी समस्या आएको हो ।
टेलिकमका पोस्टपेड तथा प्रिपेड मोबाइल नम्बरहरूमा कल गर्दा नलाग्ने, लागि हाले पनि आवाज नसुनिने र काट्टिने जस्ता समस्या देखिने गरेका छन् । टेलिकमले यो समस्याको विषयमा अहिलेसम्म कुनै पनि आधिकारिक जानकारी दिएको छैन ।