प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित

    खबरपुञ्ज संवाददाता

    ११ असार २०८१, मंगलवार

    काठमाडौं । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । आज बसेको बैठकमा सभामुख देवराज घिमिरेले बजेट बहुमतले पारित भएकाे घाेषणा गरेका हुन् ।

    अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते आगामी आर्थिक वर्ष २०८१/८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका थिए ।

    पुनले प्रस्तुत गरेको बजेट चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत तथा पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ५२ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब छ ।