पोखराको विजयपुरमा सडक भासियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पोखराको विजयपुरमा सडक भासियो

    खबरपुञ्ज संवाददाता

    १२ असार २०८१, बुधबार

    पोखरा । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी प्रदेशको राजधानी पोखरामा रातभर निरन्तर वर्षा भएको छ । मंगलबार राति ९ बजेदेखि सुरु भएको वर्षा अहिले बिहान ७ बजेसम्म निरन्तर भइरहेको छ ।

    रातभरको वर्षाले पोखरा महानगरपालिका वडा नं. १४ विजयपुर खोला नजिकै सडक भत्किँदा सवारी अबरुद्ध भएको छ ।

    पोखरा आउने सवारी विजयपुर खोलाको पारी र पोखराबाट बाहिरिने सवारी चाउथेमा रोकिएका छन् ।

    वडाध्यक्ष बोधराज कार्कीकाअनुसार अहिले तत्कालका लागि डोजरले बाटो मिलाउने र एकतर्फी सवारी सञ्चालन गर्ने प्रयास भइरहेको छ ।

    बाटो खुलाउन नेपाल प्रहरी, नेपाली सेनाको टोली खटिएको वडाध्यक्ष कार्कीले बताए । साथै यस कार्यमा पृथ्वीराजमार्ग निर्माण कम्पनी चिनिया टोलीले पनि सहयोग गरिरहेको उनले बताए ।