पहिरोले कास्कीमा दुईको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पहिरोले कास्कीमा दुईको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १२ असार २०८१, बुधबार

    पोखरा । लगातारको वर्षापछि आएको पहिरोमा परी कास्कीमा २ जनाको मृत्यु भएको छ ।

    मादी गाउँपालिका- ५ चितेपानीका प्रकाश रानाभाटको घर पहिरोले नै पुरिएर १३ वर्षीय आयुश्मा रानाभाट मृत्यु भएको हो ।

    यस्तै पोखरा महानगरपालिका २८ आरुपाटाका हरि सुनारको घर पहिरोले पुरिँदा३ वर्षीय अनमोल सुनार मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार राति करिब पौने २ बजेतिर उनीहरुको घरमाथिबाट पहिरो खसेको थियो । घरमा रहेका अन्य सदस्य भने सशकुल उद्धार गरिएको छ ।