राहुल गान्धी भारतीय लाेकसभामा विपक्षी नेता चयन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राहुल गान्धी भारतीय लाेकसभामा विपक्षी नेता चयन

    खबरपुञ्ज संवाददाता

    १२ असार २०८१, बुधबार

    काठमाडौ । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी लोकसभामा विपक्षी नेता चुनिएका छन् । १० वर्षपछि भारतीय लोकसभामा कांग्रेसले विपक्षी दलको नेताको हैसियत पाएको हो ।

    यसअघिका दुई वटा चुनावमा कांग्रेसले संसद्को १० प्रतिशत अर्थात् कम्तीमा ५४ सिट जित्न नसकेपछि विपक्षी दलको नेताको हैसियत पाएको थिएन । सन् २०१४ मा २२ र २०१९ मा ५२ सिट जितेको कांग्रेसले यसपल्ट ९९ सिट जित्न सफल भएको हो ।

    गान्धीले बुधबार लोकसभामा विपक्षी दलको नेताका रूपमा सम्बोधन गर्दै यसपल्ट विपक्षी भारतीयहरूको आवाजको प्रतिनिधित्व दमदार तरिकाले भएको बताएको बीबीसी हिन्दीले जनाएको छ ।

    भारतीय लोकसभामा विपक्षी दलको नेता एक संवैधानिक पदका रूपमा रहेको छ । विपक्षी दलका नेतालाई विशेषाधिकार प्राप्त हुन्छ । प्रवर्तन निर्देशनालय, केन्द्रीय जाँच ब्युरो, केन्द्रीय सतकर्ता आयोग, केन्द्रीय सूचना आयोग, लोकपाल, चुनाव आयोग, राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षको नियुक्तिमा विपक्षी दलका नेताको महत्त्वपूर्ण भूमिका हुन्छ । केन्द्रीय मन्त्रीलाई सरह तलब भत्ता र अन्य सुविधा प्राप्त हुने प्रतिपक्षी नेतालाई कर्मचारीसहितको सचिवालयसमेत उपलब्ध हुन्छ ।