प्रचण्ड र ओलीबीच छलफल सकियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रचण्ड र ओलीबीच छलफल सकियो

    खबरपुञ्ज संवाददाता

    १७ असार २०८१, सोमबार

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेट समसामयिक राजनीतिमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    भेटमा भएको छलफलको विषय सार्वजनिक भएको छैन । तर प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सरकारको कामकारबाहीबारे छलफल भएको बताए ।

    ‘सरकारका कामलाई गतिशील/व्यवस्थित ढंगले अघि बढाउने र ‘सत्ता साझेदार दलहरूबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने विषयमा छलफल भयो,’ मल्लले भने, ‘समग्रमा छलफल एकदमै राम्रो भएको छ ।’

    नयाँ सत्ता समीकरणको प्रयास भइरहेको चर्चाकाबीच प्रचण्ड र ओलीबीच लगातार दुई दिन भएको भेटलाई अर्थपूर्ण मानिएको छ । ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सत्ता साझेदारीका विषयमा छलफल भएका समाचार सार्वजनिक हुँदै आएका छन् ।