होटल अलफ्टमा एमच्यामको मेम्बर लर्निङ सिरिज
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    होटल अलफ्टमा एमच्यामको मेम्बर लर्निङ सिरिज

    खबरपुञ्ज संवाददाता

    १७ असार २०८१, सोमबार

    काठमाडौँ । अमेरिकन चेम्बर अफ कमर्श इन नेपाल (एमच्याम)ले आफ्नो सदस्य संस्था होटल अलफ्टमा मेम्बर लर्निङ सिरिज सम्पन्न गरेको छ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनको उपस्थितीमा आइतबारसाँझ होटल अलफ्टमा सो कार्यक्रम सम्पन्न भएको एमच्यामले जनाएको छ ।

    सो अवसरमा राजदूत थम्पसनले अमेरिकी लगानीमा रहेका नेपाली कम्पनीहरुलाई आफूहरुको सदैव साथ र सहयोग रहने उल्लेख गरे । “तपाईंहरुले नेपालमा राम्रो काम गरिरहनुभएको छ । एमच्याम जस्तो संस्थाले नेपालमा कर्पोरेट संस्कृति स्थापनामा भूमिका निर्वाह गरेकोमा मलाई खुसी लागेको छ”, राजदूत थम्पसनले भने ।

    काठमाडौँ पर्यटकीय क्षेत्र ठमेलमा अवस्थित होटल अलफ्टले स्वदेश तथा विदेशी पर्यटकलाई विभिन्न सुविधा उपलब्ध गराइरहेको छ । आधुनिक प्रविधिले सुसज्जित होटल छाया देवी कम्प्लेक्समा अवस्थित छ ।

    उक्त कम्प्लेक्समा दुई सयभन्दा बढी खुद्रा पसल, सिनेमा हल, सैलुन, स्पा, रेष्टुराँ, नाइटक्लब, क्यासिनोकासाथै तीन सय ५० भन्दा बढी सवारी पार्किङको सुविधा छ ।होटलमा कूल १६७ वटा रुम छन् ।

    जसमा ८८ वटा लफ्ट किङ्स रुम, ४२ वटा लफ्ट ट्विन्स रुम,  २ वटा एक्सिसेबल रुम, २२ वटा अर्बन रुम, सात वटा सेभी स्वीट रुम र छ  वटा ब्रिजी स्वीट रुम छन् ।

    होटलले पाहुनालाई क्लब लाउन्जसम्मको पहुँच, अन्तर्राष्ट्रिय विमानस्थलसम्मको सुविधा, दैनिक डिलक्स नास्ता र विशेष क्लब लाउन्जमा ह्यापी आवर, उच्च गतिको वाइफाइलगायतका सुविधा समेत उपलब्ध गराउँदै आएको छ ।होटलमा विभिन्न कार्यक्रम गर्नका लागि आवश्यकता अनुसारका हल पनि उपलब्ध छन् ।

    होटलमा १६४५ वर्ग फिट क्षेत्रफलमा फैलिएको ट्याक्टिक हल छ । जसलाई दुई फरक ठाउँमा विभाजित गर्न सकिन्छ । आठ हजार सात सय वर्ग फिटमा फैलिएको ठूलो सभाहल पनि छ । जसमा पाँच हजार एक सय ७५ वर्ग फिटमा सभाहल, एक हजार आठ सय वर्गफिटमा प्रि–फंक्शन र एक हजार आठ सय वर्गफिटमा फैलिएको बाहिरी बार क्षेत्र पनि छ । होटलमा आठ हजार सात सय वर्ग फिटमा फैलिएको बैठक पनि छ ।

    होटलमा वैवाहिक समारोह सञ्चालनका लागि पनि ठूलो सभाहल छ ।सो अवसरमा अमेरिकी चेम्बर अफ कमर्श इन नेपाल (एमच्याम)का महाप्रबन्धक अमीरराज थापाले यस मेम्बर लर्निङ कार्यक्रमले सदस्यहरूका बीचमा अमेरिकी कार्य संस्कृतिको ‘क्रस पोलिनेसन’ गर्ने बताए । “एमच्यामको यसप्रकारको कार्यक्रमले हाम्रा सदस्य कम्पनीमार्फत नेपालमा अमेरिकी कार्य संस्कृति कस्तो छ भन्ने उदाहरण पेस गर्नेमा हाम्रो विश्वास छ”, उनले भने ।