पोखरा महानगरको कार्यालयमा अख्तियारको छापा, मणिपाल अस्पतालसम्बन्धी कागजात जफत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पोखरा महानगरको कार्यालयमा अख्तियारको छापा, मणिपाल अस्पतालसम्बन्धी कागजात जफत

    खबरपुञ्ज संवाददाता

    १८ असार २०८१, मंगलवार

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको कार्यालयमा छापा मारेको छ ।मंगलबार दिउँसो आयोगको टोलीले छापा मारेर विभिन्न कागजात नियन्त्रणमा लिएको हो ।

    मणिपाल मेडिकल कलेजको भवन नक्सा पासमा १९ करोड ८१ लाख राजस्व छुट दिएपछि महानगरविरुद्ध अख्तियारमा उजुरी परेको थियो ।

    आयोगको टोलीले कार्यालयबाट कार्यपालिका बैठकको निर्णय, राजस्व विवरण, नक्सापासलगायतका मणिपाल शिक्षणसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको छ ।